ट्रेण्डिङ

होमपेज / राजनीति

नेपाल–भारत परराष्ट्र सचिव स्तरीय वार्ता सकियो

नेपालगाथा २०७७ मंसिर ११ गते बिहीबार १५:४२:२९ मा प्रकाशित

काठमाडौँ । नेपाल र भारतका परराष्ट्र सचिवस्तरीय वार्ता सकिएको छ। एक वर्षपछि भएको दुई देशका सचिवको औपचारिक कुराकानी केहीबेर सकिएको हो। बैठकमा ११ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र सचिव भरतराज पौड्यालले तथा त्यति नै सदस्य रहेको भारतीय प्रतिनिधिमण्डलको नेतृत्व विदेश सचिव हर्षबर्धन श्रृङ्गलाले गरेका छन्। बैठकमा नेपाल–भारत सम्बन्धका सबै विविध पक्षमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

वार्तामा भएका कुराकानीबारे केहीबेरमा प्रेस विज्ञप्तिमार्फत विस्तृत जानकारी दिने तयारी भइरहेको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिइन्। सचिव पौड्याल नेतृत्वको प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालयका सहसचिवद्वय सेवा लम्साल र यज्ञबहादुर हमाललगायत तथा विदेश सचिव श्रृङ्गला नेतृत्वको टोलीमा भारतको बाह्य मामिला मन्त्रालय (उत्तर) विभागका सहसचिव अरिन्दम बाग्ची, नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्रालगायत यहाँस्थित भारतीय दूतावासका कर्मचारी रहेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

Top