ट्रेण्डिङ

होमपेज / राजनीति

एकल प्रस्ताव फिर्ता लिएर अध्यक्षद्वयको संयुक्त प्रस्ताव ल्याउन अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डलाई सुझाव

नेपालगाथा २०७७ मंसिर ५ गते शुक्रबार १९:५५:२७ मा प्रकाशित

काठमाडौं, मंसिर ५ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव बिष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङले पार्टीको बिधि र बिधानबिपरित ल्याएको एकल प्रस्ताव फिर्ता लिएर अध्यक्षद्वयको संयुक्त प्रस्ताव ल्याउन अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डलाई सुझाव दिनुभएको छ ।

पार्टी कार्यालय धुम्बाराहीमा अध्यक्ष प्रचण्डले आज गर्नुभएको छुट्टाछुट्टै छलफलमा महासचिव पौडेल र उपनेता नेम्वाङले यस्तो सुझाव दिनुभएको हो । पछिल्लो समय पार्टीभित्र उत्पन्न संकटको मुख्य कारण सचिवालयभित्रको स्वार्थ रहेको र अध्यक्ष प्रचण्डसमेत स्वार्थमा फसेर बिधि र बिधानबिपरित एकल प्रस्ताव ल्याएको भन्दै महासचिव पौडेलले एकता बचाउन सो एकल प्रस्ताव फिर्ता लिएर संयुक्त प्रस्ताव ल्याउनुपर्ने आफ्नो बटमलाइन सुनाउनु भएको हो । महासचिव पौडेलले अध्यक्षद्वयको संयुक्त प्रस्ताव बन्न नसके पार्टी दुर्घटनातर्फ जान सक्ने खतराबारे समेत जानकारी गराउनु भएको छ ।

‘पार्टीलाई बिभाजनबाट जोगाउनका लागि तपाई अध्यक्ष कमरेडले राख्नुभएको एकल राजनीतिक प्रस्ताव फिर्ता लिनोस र संयुक्त प्रस्ताव बनाउनोस,’ कार्यकारी अध्यक्ष प्रचण्डसँग महासचिव पौडेलको भनाई थियो । महासचिव पौडेलले एकल प्रस्ताव फिर्ता नलिएर पार्टी दुर्घटनातर्फ गएमा त्यसको भारी बोक्न प्रचण्ड नै तयार हुनुपर्ने बस्तुगत अवस्थासमेत राख्नुभएको उहाँ निकट एक नेताले जनताटाइम्सलाई बताए ।

‘तपाईंको प्रस्ताव हो, दुर्घटना भयो भने मुख्य दोषी तपाई दुई अध्यक्षमाथि नै आउँछ, तपाईलाई उछाल्ने अन्य नेताहरु पनि तपाईहरु असफल, नालायक भन्दै बक्तब्यवाजी गर्न थाल्छन, यो तथ्यलाई राम्रोसँग आत्मसात गरी एकल प्रस्ताव फिर्ता लिएर संयुक्त प्रस्ताव ल्याउनोस, पार्टी एकता बचाउने यो मात्रै बिकल्प छ,’ अध्यक्ष प्रचण्डलाई महासचिव पौडेलको भनाई उधृत गर्दै ती नेताले भने । महासचिव पौडेलले ‘पार्टीभित्रका ९९ प्रतिशत कार्यकर्ता विभाजनको पक्षमा नभएको’ तथ्य राख्दै कार्यकर्ताको यस भावनाको कदर गर्न पनि आग्रह गर्नुभएको थियो । ‘कार्यकर्ताको भावनाको तपाईंले कदर गर्नैपर्छ, यो संयुक्त प्रस्तावबाट मात्र सम्भव छ,’ महासचिव पौडेलको भनाई थियो ।
उहाँले छुट्टाछुट्टै प्रस्ताव लाने र छलफल गर्ने हो भने सचिवालय असफल भएको घोषणा हुने आफ्नो निश्कर्षसमेत सुनाउनु भएको ती नेताले जनताटाइम्सलाई बताए ।

महासचिव पौडेलले मंसिर ३ गतेको सचिवालय बैठकमै समस्या समाधान भन्दा समस्या सिर्जना गर्ने थलोको रुपमा बिकास भएको भन्दै समाधान दिन नसके स्थायी समितिसमक्ष सामुहिक राजीनामाको प्रस्ताव लिएर जाने प्रस्ताव गर्नुभएको थियो । संसदीय दलका उपनेता नेम्वाङले पनि दुई अध्यक्षले फरक फरक प्रस्ताव लिएर आएकै दिन एकताको सवै आधार भत्कने भन्दै फिर्ता लिएर संयुक्त प्रस्ताव ल्याउनु पर्ने सुझाव दिनुभएको थियो । ‘तपाईहरुले पार्टी एकता गर्दाको सहमति, त्यसपछि भएको सचिवालय, स्थायी कमिटी, केन्द्रीय कमिटीको निश्कर्ष र बिवाद समाधानको कट अफ दि डेट भनिएको भदौं २६ गतेको स्थायी समितिको निर्णयअनुसार संयुक्त प्रस्ताव ल्याउनु पर्छ, आफैले बिगतको सहमति, सहकार्य र एकताको बाटो भत्काउदाँ पार्टी दुर्घटनामा पर्छ,’ अध्यक्ष प्रचण्डलाई नेम्वाङको भनाई उधृत गर्दै स्रोतले जनताटाइम्ससँग भन्यो ।

स्रोतका अनुसार दुवै नेतासँग अध्यक्ष प्रचण्डले आफ्नो प्रस्ताव एकता तोडने मनसायका साथ नआएको भन्दै यसरी आफूले प्रस्ताव आउनुमा अध्यक्ष केपी शर्मा ओली जिम्मेवार भएको दावी गर्नुभएको थियो । दुवै नेताको प्रस्ताव धैर्यतापुर्वक सुन्नुभएका अध्यक्ष दाहालले संयुक्त प्रस्तावको बिषयमा साथीहरू (माधव नेपाल, झलनाथ खनाल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठ) सँग सल्लाह गर्ने जानकारी दिनुभएको स्रोतको भनाई छ । नेकपाको बिधि, पद्धती र बिधानबिपरित अध्यक्ष आएको अध्यक्ष प्रचण्डको प्रस्ताव आफूहरुको साझा भएको धारणा सचिवालयमा रहेका चारैजना नेताले गरिसक्नु भएको छ ।

नेकपा सचिवालयका चारै जना नेताहरुको आ–आफ्नो स्वार्थ रहेको छ । अध्यक्ष केपी शर्मा ओली र प्रचण्डलाई भिडाएर महाधिवेशन अगावै अध्यक्षमा पुग्ने रोडम्यापसहित बरिष्ठ नेता नेपाल अघि बढनु भएको छ । अर्का बरिष्ठ नता झलनाथ खनाल आफू अध्यक्ष हुँदा संसदीय दलको नेतामा उम्मेद्वार बनेर हराएको र आफूले भनेको ब्यक्तिलाई मन्त्री नबनाएको भन्दै बदला लिन चाहिरहनु भएको छ ।

उपाध्यक्ष बामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ भने उपप्रधानमन्त्रीसहित कमाउ मन्त्रालयमा जान प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओली बाधक बनेको निश्कर्षसहित अध्यक्ष प्रचण्डलाई गलत बाटोमा हिडन बाध्य पारिरहनुभएको छ । चुनाव हारे पनि उच्च नैतिकताका साथ पार्टीबाट मनोनीत भई राष्ट्रिय सभामा पुग्नुभएको छ । जनताले हराएको बदला मनोनीत भएर लिएपछि दुवै नेता मन्त्री बनेर अन्तिम भोजका लागि दुई अध्यक्ष भिडाउने र आफू मन्त्री बन्न नपाए पार्टी नै सकाउने अभियानमा हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top