ट्रेण्डिङ

होमपेज / राजनीति

प्रचण्डको राजनीतिक प्रस्ताबलाई काउन्टर दिदै ओलीले अर्को प्रस्ताब ल्याउने,मङ्सिर १३ गते ओली प्रचण्ड फेरी भिड्दै 

बासु देब न्याैपाने २०७७ मंसिर ३ गते बुधबार १५:३२:३९ मा प्रकाशित

नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डले २९ कात्तिकमा बसेको सचिवालय बैठकमा  प्रधानमन्त्री एवं अर्का अध्यक्ष ओलीको कार्यशैलीमाथि विभिन्न आरोप लगाउँदै एकल प्रस्ताव पेस गरेपछि बढेको नेकपाको विवाद केही दिनलाई रोकिएको छ। मङ्सिर १३ गते बस्ने सचिवालय बैठकमा अर्का अध्यक्ष ओलीले अर्को प्रतिबेदन पेश गरे पछि दुनै प्रस्ताब माथि छलफल गर्ने निर्णय गर्दै आजको सचिबालय बैठक टुंगिएको हो।  

 सचिवालय बैठक बस्नुअघि प्रधानमन्त्री ओली राष्ट्रपति भण्डारीसँग डेढ घण्टा छलफल गरेर बालुवाटार फर्किएका थिए । प्रधानमन्त्री ओलीले मंगलबार साँझ पनि राष्ट्रपतिसँग भेटवार्ता गरेका थिए । त्यस्तै, मंगलबार नै नेकपा अध्यक्ष प्रचण्डले पनि राष्ट्रपतिसँग भेट गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top