ट्रेण्डिङ

होमपेज / राजनीति

नेकपा सचिवालय बैठक १० दिनलाई स्थगित

स्थायी समिति बैठक मंसिर १८ र केन्द्रीय समिति बैठक मंसिर २५ गते

नेपालगाथा २०७७ मंसिर ३ गते बुधबार १५:०८:०९ मा प्रकाशित

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालय बैठक १० दिनका लागि स्थगित भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक करिब दुई घण्टा बसेर स्थगित भएको हो।

स्थायी समिति बैठक मंसिर १८ र केन्द्रीय समिती बैठक मंसिर २५ गते

सत्तारुढ नेकपाको स्थायी समिति बैठक मंसिर १८ गते र केन्द्रीय समिति बैठक मंसिर २५ गते बोलाइएको छ। बुधबार दिउँसो केहीबेर बसेको केन्द्रीय सचिवालय समिती बैठकले स्थायी समिती बैठक बोलाउने निर्णय गरेको थियो।

केहीबेर बसेर स्थगित भएको सचिवालयको आगामी बैठक मंसिर १० गते बोलाइएको छ। यसैगरी यसअघि मंसिर १५ गतेका लागि बोलाइएको केन्द्रीय समिती बैठक १० दिन पछि सारिएको हो।

पार्टीमा असन्तुष्ट पुष्पकमल दाहाल प्रचण्डसहित बहुमत सदस्यले बोलाएको सचिवालय बैठकमा अन्तिम समयमा आएर प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओली पनि सहभागी थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

Top