होमपेज / राजनीति
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालय बैठक सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको बैठकमा प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओली पनि सहभागी भएका छन् ।
पछिल्लो २४ घण्टामा नेताहरुको विभिन्न तहमा देखिएको सक्रियता तथा ओली पक्ष आफ्नो अडानबाट केही पछि हटेपछि फुटको संघारमा पुगेको नेपाको विवाद तत्कालका लागि केही मत्थर हुने संकेत देखिएको छ ।
ओली सहभागी नभए पनि सचिवालय बैठक बोलाउने तयारीमा जुटेको प्रचण्ड–नेपाल समूहले प्रचण्डको प्रस्तावमाथि छलफल अघि बढाएर स्थायी कमिटिको बैठक हुँदै संसदीय दलको बैठकसम्म पुगेर ओलीलाई राजीनामा दिन बाध्य पार्ने रणनीति बनाएको थियो ।
तर पछिल्लो विकसित घटनाक्रममा प्रचण्ड–नेपाल समूह प्रस्तावमाथि अर्को बैठकमा छलफल गर्न तयार भएर केही ‘सम्झौता’ गरेको देखिएको छ ।