होमपेज / राजनीति
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग बु्धबार बिहान झण्डै एक घण्टा भेटवार्ता गरेका छन्।
नेकपा अध्यक्ष समेत रहेका ओली पार्टी भित्रको विवाद उत्कर्षमा पुगेका बेला पछिल्लो १० घण्टामा दोस्रो पटक शीतल निवास गएका हुन्।
ओली बुधबार बिहान ९ बजे ५५ मिनेट जाँदा शीतल निवासका लागि निस्किएका थिए । उनी राष्ट्रपति भण्डारीसँगको भेटपछि बिहान ११ बजे बालुवाटार फर्किएका हुन्।
यसअघि ओलीले मंगलबार बेलुका पनि राष्ट्रपतिसँग भेट गरेका थिए । मंगलबार चिनियाँ राजदूतसँगको भेटपछि उनी शीतल निवास गएका थिए।
नेकपाको केन्द्रीय सचिवालय बैठक बुधबार दिउँसो १ बजे बालुवाटारमा बस्दैछ। सो बैठकमा ओली पनि सहभागी हुने भएका छन्।