ट्रेण्डिङ

होमपेज / राजनीति

पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबै भूमिकामा सक्रिय रहेका ओलीलाई शक्ति विहिन बनाउने रणनीतिमा प्रचण्ड

विद्यादेवी भण्डारीसँग पनि प्रधानमन्त्री ओलीले शनिवार भेट गरे

बासु देब न्याैपाने २०७७ कार्तिक ३० गते आइतबार १२:१३:१९ मा प्रकाशित

काठमाडौं ।प्रमुख सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपा फुटको नजिक पुगेको छ  । हामी यो आँकलन गर्न सक्दैनौ की कति बेला यिनीहरु बिभाजीत हुन्छन भनेर । शीर्ष नेताहरुको बोलीमा जुट भन्दा पनि फुटको कुरा बढी नै निस्कने गरेको छ। तसर्थ पनि स्थितिलाई टारेर टर्ने अवस्था अत्यन्त कम देखिएको छ ।

हिजो बैठकको माग गर्दा विवाद उत्पन्न भएको थियो भने बैठक पछि विवाद झन बढेको छ ।  प्रचण्डको प्रस्ताव स्वीकार गर्ने पक्षमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपीशर्मा ओली पक्ष कुनै पनि हालतमा सहमत छैनन । प्रस्ताव फिर्ता नभए पार्टी फुट्ने ओली पक्षले चेतावनी दिँदै आएका छन् ।अध्यक्ष प्रचण्ड कुनै पनि हालतमा प्रस्ताव फिर्ता लिने पक्षमा छैनन् किन कि उक्त प्रस्ताव उनको मात्र नभई अन्य पाँच जना सचिवालय सदस्यको पनि हो ।

नेकपाभित्रको विवाद चरमउत्कर्षमा पुगेपछि छटपट्टी भएकी राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि प्रधानमन्त्री ओलीले शनिवार भेट गरेर बेलिविस्तार लगाएका छन् ।
पार्टीलाई फुट्न दिनु हुँदैन भनेर चासो र चिन्ता प्रकट गरेकी राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीलाई के सल्लाह सुझाव दिईन भन्ने कुरा त बाहिर आएको छैन । यद्यपी उनले पार्टीका नेता बामदेव गौतम, रामबहादुर थापा लगायतका नेताहरुलाई भने विवाद मिलाउनका लागि विन्ति गरेकी थिइन् ।

मुलुकको भन्दा पनि नेकपाको चिन्ता वढी गर्ने राष्ट्रपतिले प्रधानमन्त्रीलाई पार्टी विभाजन हुने स्थिति आउन नदिन तपाइले नै भूमिका खेल्नुपर्छ भनेर किन भन्न सक्दिनन् रु भन्ने प्रश्न पार्टीका कतिपय नेताहरु गर्छन् । दुई घण्टासम्म चलेको भेटवार्तामा प्रधानमन्त्री ओलीले राष्ट्रपतिसँग सल्लाह सुझाव भन्दा पनि आफनो तयारीको विषयमा जानकारी गराएको बुझिएको छ । उनी पार्टी विभाजन सम्बन्धी अध्यादेश पुनःल्याउने मनस्थितिमा रहेको कतिपय नेताहरु बताउँछन् ।

पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबै भूमिकामा सक्रिय रहेका ओलीलाई शक्ति विहिन बनाउने रणनीतिमा प्रचण्ड पक्ष रहेको बुझेपछि आगामी बैठक बस्ने नबस्ने टुंगो छैन । तर यसअघिको बैठकले भने मंसिर ३ बस्ने तय गरेको छ । अब जोडिन नसक्ने स्थितिमा पुगेको नेकपालाई आत्मालोचनको रसायनले मात्र धेरै दिन जोडर राख्न नसक्ने राजनीतिक विश्लेषकहरु बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top