ट्रेण्डिङ

होमपेज / राजनीति

प्रचण्डले प्रस्ताव फिर्ता नलिए पार्टी फुट्न सक्ने : ईश्वर पोखरेल

बासु देब न्याैपाने २०७७ कार्तिक ३० गते आइतबार ११:३४:२४ मा प्रकाशित

नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी सचिवालयमा राजनीतिक प्रतिवेदन पेश गरेपछि पार्टी भित्रको आन्तरीक विवाद झन चुलिएको छ। नेकपा पार्टीका प्रधान्मन्त्री समेत रहेका अर्का अध्यक्ष केपी ओलीलाई कार्यकारी नेकपाका अध्यक्ष दाहालले शुक्रबार बसेको सचिवालय बैठकमा प्रचण्डको प्रस्तुत प्रस्तावमा ओेली माथि लगाइएको आरोप बिरुद्द उनका निकट नेता तथा कार्यकताहरु विरोधमा उत्रिएका छन् ।

साथै शनिबार सामाजिक सन्जाल मार्फत नेकपाका सचिवालय सदस्यका नेता ईश्वर पोखरेलले पार्टीलाई एक ढिक्का बनाएर लैजाने हो भने नेकपाका कार्यकारी अध्यक्षलाई राजनीतीक प्रस्ताव फिर्ता लिनुपर्ने कुरामा आग्रह गरेका छन् । सामाजिक सन्जाल मार्फत ओली विरुद्द लगाईएको लाञ्छना फिर्ता लिएर पार्टी एकता प्रकृयालाई निषकर्षमा अघि लैजानेकी दुर्घटना निम्त्याउने भन्ने प्रश्न उब्जाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली विरूद्ध प्रचण्डले अत्यन्त गम्भीर आरोपहरू लगाएका छन् । गत भदौ २६ गतेको सम्पन्न स्थायी कमिटीको निर्णय विरुद्द र पार्टी एकताको भावना रहेकाे छ भने पार्टी एकता गर्दा सहमतीका साथ अघि बढ्न स्वीकार गरिएका आधार र मान्यतालाई लत्याउँदै कि तँ छैनस कि म छैन भन्ने एकोहोरो लिँडे ढिपीले प्रस्तावहरु पुन फिर्ता लिएर एकता प्रकृया लाई निषकर्षमा अघि लैजानेकी दुर्घटना निम्त्याउने भन्ने कुरामा कार्यकारी अध्यक्ष मात्र नभई नेकपा भित्र रहेका नेता तथा कार्यकताले एउटा निचोड निकाल्नु पर्ने बताएका छन् ।

प्रचण्डले पार्टी सचिवालयमा एकल रूपमा मनोमानीपूर्ण ढंगले बाँडेको अराजनीतिक प्रस्ताव स्वयंमा अनधिकृत, गैरजिम्मेवार, अनैतिक, भ्रमको पुलिन्दा र तथ्यको नांगो भ्रष्ट्रीकरण भएको टिप्पणी यसअघि प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले समेत गरेका थिए।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top