होमपेज / राजनीति
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री तथा नेकपा नेता बर्षमान पुनले नेकपा पार्टी जमेको पोखरी जस्तो नभएको बताएका छन् ।उनले आफ्नो फेसबुक स्टाटसमार्फत पार्टी सचिवालय बैठक प्रारम्भ र लिखित प्रस्तावले नयाँ बहस सुरुवात गरेको बताएका छन् ।
उनले पार्टीलाई हिमालबाट बग्ने बेग नदी जस्तो भएको बताए । पार्टीमा हुने बहस, छलफल र अन्र्तविरोधबाट कोहि आत्तिने वा मात्तिने गर्नु जनउत्तरदायी र क्रान्तिकारी पार्टीको नेता हुन नसक्ने बताएका छन् ।उनले पार्टी एकताको रक्षा र जनताको अपेक्षालाई आत्मसात गर्दै बिना उत्तेजना राजनीतिक बहसबाट पार्टीमा विधि, पद्धति र राजनीतिक संस्कार विकास गर्न आग्रह गरेका छन् ।