होमपेज / राजनीति
काठमाडौं । पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापा पुत्र सुनिलबहादुर थापा नेपाली कांग्रेसको सहमहामन्त्री मनोनित भएका छन् । बिहीबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले पूर्वमन्त्री थापालाई सहमहामन्त्रीमा मनोनित गर्ने निर्णय गरेको हो ।
केन्द्रीय समितिले उनीसँगै कांग्रेस प्रवेश गरेका अन्य ६ नेतालाई केन्द्रीय सदस्य र ३ नेतालाई आमन्त्रित केन्द्रीय सदस्य मनोनित गर्ने निर्णय गरेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।
विज्ञप्तिका अनुसार रामप्रसाद भट्टराई (मोरङ), विष्णुविक्रम थापा (सिन्धुपाल्चोक), वावुराम बस्नेत (भोजपुर), वृजलाल यादव (बारा), किरण गिरी (काठमाडौं), र टि.एन. योगी (ललितपुर) केन्द्रीय सदस्यमा मनोनित भएका हुन् । त्यस्तै दिलिप राई (झापा), आशाराम चौधरी (कैलाली) र राजेशबहादुर सिंह (कपिलवस्तु)लाई आमन्त्रित केन्द्रीय सदस्यमा मनोनित गरिएको छ ।सुनिल राष्ट्रिय प्रजातन्त्र पार्टी छोडेर गत साउन १३ गते समूहसहित कांग्रेसमा प्रवेश गरेका थिए ।