ट्रेण्डिङ

होमपेज / राजनीति

आज बस्ने सचिवालय बैठकमा, ओलीको रणनीति, प्रचण्ड र नेपालको योजना

नेपालगाथा २०७७ कार्तिक २८ गते शुक्रबार ०९:३३:३२ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार सचिवालय बैठक बोलाउने तयारीमा जु्टेका छन् । प्रचण्ड र नेपाल समूहले सचिवालय बैठक बोलाउनका लागि नैतिक दबाब दिएपछि ओली चेपुवामा परेका थिए । सो नैतिक दबाबलाई पछि धकेल्नैका लागि भए पनि ओली अनन्तः सचिवालय बैठक बोलाउने तयारीमा पुगेका हुन् ।

ओली किन पनि सचिवाल वैठक बोलाउने तयारीमा पुगे भने ओलीलाई सचिवालय बैठक बोलाउँदा पनि नेपाल र दाहालको राजीनामा मगि हाल्न सक्ने अवस्थामा भने छैनन् । किनभने अहिले पनि ओलीको निटकतामा बहुमतको संख्या बढी रहेको छ । त्यसैले पनि ओलीविरुद्धमा र प्रचण्डले सचिवालय बैठकमा खरो रुपमा उत्रिन भने सक्दैनन् ।
ओलीका दुईबाटो

आज बस्ने सचिवालय बैठकमा ओलीका विकल्पहरु रहेका छन् । पहिलो कुरा ओली आफैले सचिवालय बैठक बोदाउँदा पार्टी भित्र राम्रो सन्देश जाने छ । फूटको राजनीतिबाट पनि पार्टी सरकार दुबै जोगिनका लागि आज बस्ने सचिवालय बैठकले निर्णय गर्ने छ । दोस्रो भनेको माधव कुमार नेपाल र अर्को अध्यक्ष पुष्प कमल दाहाल ‘ प्रचण्ड’ माथि पनि नैतिक दाबाब सिर्जना गर्न मिल्छ । किन पनि भने ओलीले भन्दै आएका छन् अहिले सचिवालय बैठकको आवश्यकता छैन । ओलीको केही आलोचना गरेता पनि अनन्त ओली समक्ष बहुमत रहेकाले ओली पार्टी गत हिसाबले सक्षम बलिया रहेका छन् । त्यस कारण ओलीको सचिवालयमा ‘डाइरेक्ट’ राजीनामा मागि हाल्न सक्ने आँट भने आउने छैन ।

आजबस्ने सचिवालमा स्रोतका अनुसार ओलीको कार्यशैलीको विषयमा कडा रुपमा प्रस्तुत हुने भन्ने नै छ । ओलीको पार्टी सरकार संञ्चालन कर्णाली प्रदेशको विवाद, भारतीय खुफिया प्रमुखसँगको गोप्य भेट, कोरोना नियान्त्रणमा सरकारको कार्यशैली र पार्टी महाधिवेसनको मिसनका बारेमा समेत छलफल हुने छ ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसामू भोली विहिबार २७ गते सचिवालय बैठक बोलाउन प्रस्ताव गरेका छन् । तर, ओलीले सहमति जनाएका छैनन् । ओलीलाई अहिले प्रचण्ड नेपाल समूहले सचिवालय बैठक राख्नका लागि नैतिक दबाब दिदै आएका थिए ।
यहि नैतिक दाबबलाई धान्न नसकेपछि ओली अहिले तर्र्किकन सचिवालय बैठक बोलाउनबाट पछि हटेका हुन् । प्रचण्डसहित सचिवालयका पाँच सदस्यले २२ गते प्रधानमन्त्री ओलीलाई लिखितरुपमै बैठक बोलाउने सहमति दिन आग्रह आग्रह गरेका थिए । पाँच नेताको जोड २३ वा २४ मा बैठक बोलाउने थियो ।२५ गतेसम्म पनि बैठक बोलाउने सुरसार नदेखेपछि अध्यक्ष प्रचण्डले बालुवाटार पुगेर ओलीसँग छलफल गरेका थिए । छिट्टोभन्दा छिटो बैठक बोलाउनुको विकल्प नभएको प्रचण्डको जोड थियो ।प्रचण्ड नेपाल समूहले ओलीले आफूले भदैौमा गरको नेकपा कार्यदलले बुझाएको प्रतिवेदनको विपर्रीत कार्य गरेको आरोप लगाएका छन् । ओली र प्रचण्डमार्फत बैठक बसेर नहुने भन्दै प्रचण्डले सचिवालय बैठकमार्फत विवाद सामाधान हुनपर्ने माग राखेका छन् । त्यसैले कार्यन्यवयनका लागि ओली आज बैठक बोलाउन तयार भएका हुन् । जसमा आजको सचिवालय बैठकमा नेकपा भित्र वार र पार समेत हुन सक्ने कतिपयको तर्क रहेको छ । तर, बाहिर जति जुकै हल्ला पार्टी फ्ुट्ने देखिए पनि पार्टी फु्ट्न सक्ने देखिदैन ।

नारायण दाहाल

प्रतिक्रिया

सम्बन्धित खवर

Top