होमपेज / राजनीति
काठमाडौँ । नेकपाका महासचिव विष्णु पौडेल पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सन्देश बोकेर बालुवाटार फर्केकाे छन्। बालुवाटारमा उनले अर्का अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर प्रचण्डसँग भएको छलफलबारे जानकारी दिइरहेको बुझिएको छ।
सार्वजनिक रुपमा ओलीले प्रचण्डका कारण पार्टीमा विवाद उत्पन्न भएको दाबी गरे पनि भित्र भने उनलाई फकाउन आफ्ना ‘दूत’का रुपमा पौडेललाई खुमलटार पठाएका हुन्। यसअघि उनले आफ्ना ‘दूत’का रुपमा पौडेललाई पटक–पटक खुमलटार पठाएका छन् भने नेता सुवास नेम्वाङ, शंकर पोखरेल, प्रदीप ज्ञवालीलगायत नेताहरुलाई खुमलटार पठाएका छन्।