ट्रेण्डिङ

होमपेज / राजनीति

ठोस प्रस्ताव ल्याएर समस्या समाधान गर्नुस् - नेपाल

ओली–नेपाल भेट सकियो

नेपालगाथा २०७७ कार्तिक २३ गते आइतबार १७:५३:२७ मा प्रकाशित

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाल पक्षधर नेताहरुबीचको  छलफल सकिएको छ।

प्रधानमन्त्री ओलीले नेपालसहित उनी पक्षीय केही नेताहरुलाई छलफलका लागि प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएका थिए।

प्रधानमन्त्री ओलीसँगको भेटका लागि नेता नेपालसहित नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे र रघुजी पन्त बालुवाटार पुगेका थिए।

प्रधानमन्त्री ओलीले नेता नेपालसँग पार्टीभित्रको समस्या पहिलेको भन्दा जटिल रहेको बताएका थिए। त्यसको जवाफमा नेपालले ओलीलाई ठोस प्रस्ताव ल्याएर अहिले पार्टीभित्र देखिएको समस्या समाधान गर्न आग्रह गरेका थिए।

नेता नेपालले केन्द्रीय सचिवालयको बैठक बोलाउन ओलीलाई सुझाव दिएको नेता पाण्डेले जानकारी दिए।

अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग विवाद चुलिएका बेला ओलीले नेपालको समूहलाई बोलाएका हुन्।

अध्यक्ष प्रचण्डलाई अलग्याउने प्रधानमन्त्री ओलीको रणनीति अनुरुप माधव नेपालसहित उनको टिमलाई बालुवाटार बोलाइएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

Top