होमपेज / राजनीति
४८ वर्ष पहिले २९ वर्षको हुँदा माथिल्लो सदन सिनेटको सदस्यमा निर्वाचित भएर अमेरिकी केन्द्रीय राजनीतिमा औपचारिक यात्रा सुरु गरेका जोसेफ रोबिनेट बाइडेन जुनियर (जो बाइडेन) अमेरिकाको ४६ औँ राष्ट्रपतिका रुपमा निर्वाचित भएका छन् ।
७७ वर्षको उमेरमा निर्वाचित भएका बाइडेन आउँदो जनवरी २० मा राष्ट्रपतिको जिम्मेवारी सम्हाल्दा ७८ वर्षका हुने छन् । उनी राष्ट्रपतिको जिम्मेवारी सम्हाल्ने सबैभन्दा पाको उमेरको अमेरिकी बन्दै छन् ।
पेन्सिलभेनियमा जन्मिएर डेलवरको विलमिङ्गटमा बस्दै आएका बाइडेन तेस्रोपटकको प्रयासमा राष्ट्रपतिमा निर्वाचित भएका हुन् । यसअघि उनले सन् १९८८ र २००८ मा राष्ट्रपति उम्मेदवार बन्ने प्रयासमा चुनावी अभियान सञ्चालन गरेका थिए ।
२००८ मा उनको अभियानले ‘मोमेन्टम गेन’ गर्न नसके पनि बाराक आबामाले उनलाई ‘रनिङ्ग–मेट’ अर्थात उपराष्ट्रपतिको उम्मेदवारका रुपमा चयन गरे । उनले ८ वर्ष ओबामा कार्यकालमा उपराष्ट्रपतिको जिम्मेवारी सम्हाले । कार्यकालको अन्त्यमा ओबामाले उनलाई सर्वोच्च सम्मान प्रेसिडेन्सिलय मेडल अफ फ्रिडम प्रदान गरेका थिए ।
सन् १९७२ मा डेलवरबाट सिनेटमा निर्वाचित भएका उनले त्यसअघि केही समय न्यायधीवक्तका रुपमा काम गरेका थिए ।
सुरुवाति जीवन
पेन्सिलभेनियाको स्क्रान्टनमा सन् १९४२ को नोभेम्बर २० मा जन्मिएका बाइडेनले जीवनको सुरुका १३ वर्ष त्यहिँ बिताए । पिता जोसेफ बाइडेन सिनियरको जागिर गुमेपछि उनको परिवार डेलवर बसाईँ सरेको हो । उनका पिता कार मेकानिक तथा बिक्रेता थिए ।
बाइडेनले आफ्ना माता पिताले सिकाएको मेहनत र समभाव नै आफ्नौ बौद्धिकता रहेको बताउने गरेका छन् । बाइडेन भकभकाउने समस्याका कारण बाल्यकालमा ‘बुली’ भएका थिए । सो समस्याबाट अधिकांश रुपमा माथि आएका उनी अझै पनि केही शब्दको उच्चारण गर्दा रोकिने गर्छन् ।
युनिभर्सिटी अफ डेलवरमा इतिहास र राजनीतिशास्त्र अध्ययन गरेका बाइडेनले विश्वविद्यालय तहामा फुटबल खेलेका थिए । विश्वविद्यालयकै समयमा राजनीतिमा चासो बढेको बताउने उनी सन् १९६१ मा जोन एफ केनेडीको शपथ समारोहमा सहभागी भएका थिए ।
उनले कलेजको जुनियर एअरमा बहमासको भ्रमणको क्रममा सिराकुसी विश्वविद्यालयकी विद्यार्थी निलिया हन्टरसँग उनको भेट भयो । उनीहरु प्रेममा परे । उनले सोही विश्वविद्यालयमा कानून अध्ययन गरे । सन् १९६५ मा उनीहरु ग्र्याजुएट भए । त्यसको अर्को वर्ष अर्थात सन् १९६६ मा जो र निलियाले विवाह गरे ।
प्रारम्भिक राजनीतिक जीवन
सन् १९६८ मा बाइडेन विलमिङ्गटन सरे । त्यहाँ ल फर्ममा कानूनी सेवा अभ्यास गरे । उनी त्यो बेलासम्म डेमोक्र्याटिक पार्टीको सक्रिय सदस्य भएका थिए । सन् १९७० मा उनी न्यू कास्टल काउन्टीको काउन्सिलमा निर्वाचित भए । काउन्सिलम्यान नै रहेका बेला उनले सन् १९७१ मा आफ्नो ल फर्म सुरु गरे ।
व्यवसायिक जीवनमा सक्रिय रहेका बाइडेनका तीन सन्तान जन्मिए निलियासँग । सन् १९६९ मा बो बाइडेन, १९७० मा हन्टर बाइडेन तथा १९७१ मा नाओमी बाइडेन जन्मिए ।
सन् १९७२ उनी डेलवरबाट सिनेट सदस्यका उम्मेदवार बने, उनले रिपब्लिकन सिनेटर जे कालेब बोग्सलाई पराजित गरे । उनकी बहिनी भालेरिया बाइडेनले चुनावी अभियानमा सहयोग गरिन् ।
पारिवारिक वियोग
सिनेटमा निर्वाचित हुने अमेरिकाको इतिहासमा कम उमेरको पाँचौँ सिनेटर बनेका उनले ते खुशी राम्रोसँग मनाउन पाएनन् ।
सन् १९७२ को क्रिसमस भन्दा एक हप्ता पहिले बाइडेनकी श्रीमती र तीन सन्तान सडक दुर्घटनामा परे । क्रिसमस ट्री किन्न गएका बेला भएको दुर्घटनामा श्रीमती निलिया र छोरी नाओमीको निधन भयो । बो र हन्टर घाइते भए ।
उनले पारिवारिक वियोगको सामना गर्नु पर्यो । सन् २०१५ मा बो बाइडेनको क्यान्सरबाट निधन भयो । शोकमा रहेका उनले आत्महत्यका बारेमा पनि सोचेको बताउने गरेका छन् ।
सिनेट छोड्ने मनसाय गरेका उनलाई परिवारको सहयोगले दुई छोरा र सिनेटको जिम्मेवारी सँगै निर्वाह गर्ने बनायो । उनले छोराको उपचार भइरहेको अस्पतालबाटै सिनेटरको शपथ लिए ।
उनले छोराहरुसँग सक्दो धेरै समय बिताउनका लागि विलमिङ्गटनमै बस्ने निर्णय गरेर रहेक दिन वासिङ्गटन–विलमिङ्गटन यात्रा रेल मार्फत गरे। निलिया बितेको ६ वर्षपछि उनले डा. जिल बाइडेनसँग विवाह गरे। जिलले सन १९८१ मा छोरी एश्लीलाई जन्म दिएकी थिइन्। जिलले हन्टर र बो तथा एश्लीको पालन पोषण गरेकी हुन्।
उनले सन् १९७२ देखि २००९ सम्म सिनेटमा विभिन्न कमिटिमा रहेर काम गरे । उनले अन्तर्राष्ट्रिय सम्बन्ध समितिको प्रमुखका रुपमा सिनेटमा काम गरे । उनी अन्तर्राष्ट्रिय नीतिमा अब्बल मानिन्छन्। एजेन्सी ।