ट्रेण्डिङ

होमपेज / राजनीति

प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीचको छलफल सकियो

नेपालगाथा २०७७ कार्तिक २० गते बिहीबार १५:४७:१८ मा प्रकाशित

काठमाडौँ । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको छलफल सकिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वयबीच आज बालुवाटारमा करिब एक घण्टा लामो छलफल भएको सचिवालयले जनाएको छ । आजको छलफलमा आन्तरिक विषयमा केन्द्रित भएको बताइएको छ । पार्टीको आन्तरिक तिक्तता बाहिर आइरहेका बेला दुई अध्यक्षले त्यसबारे छलफल गरी समाधानको प्रयासमा जुटेको बुझिएको छ ।

पार्टीका दोस्रो तहका नेताहरुले देखिएको विवाद समाधान गर्न अध्यक्षद्वय नै सक्रिय हुनुपर्ने सुझाव र दवाव दिएपछि दुई अध्यक्षबीचको नियमित संवाद पुनः शुरुभएको हो । यसअघि लामो समयसम्म दुई अध्यक्षबीच छलफल र संवाद हुन नसक्दा पार्टीको आन्तरिक विवाद सतहमा आएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top