ट्रेण्डिङ

होमपेज / राजनीति

सहमतिको ताकेता गर्दै अध्यक्षद्वयलाई कंडेलको पत्र

नेपालगाथा २०७७ कार्तिक १७ गते सोमबार १२:३९:०७ मा प्रकाशित

काठमाडाैं । कर्णाली प्रदेशमा देखिएको राजनीतिक संकट समाधानको लागि ताकेता गर्दै असन्तुष्ट पक्षका नेता यामलाल कंडेलले नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पत्र पठाएका छन् ।अध्यक्षद्वयलाई सम्बोधन गर्दै कंडेलले पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आइतवार पत्र दर्ता गराएका हुन् । ५ बुँदे पत्रमा कर्णालीमा देखिएको विवादबारे दुवै पक्षलार्ई छलफलका लागि असोज २७ गते काठमाडौं बोलाइएकोमा अहिलेसम्म के भयो भनेर प्रश्न गरिएको छ । 

आफूले राखेका ५ बुँदे सरोकारमा पार्टी नेतृत्वको ध्यान जानुको साथै समयमै समस्या समाधानका लागि प्रभावकारी पहल हुने अपेक्षा लिएको कंडेलले बताएका छन् । असोज २५ गते कर्णाली प्रदेशका मुख्यमन्त्री एवं नेकपा संसदीय दलका नेता महेन्द्रबहादुर शाहीविरुद्ध १८ जना सांसदले अविश्वासको प्रस्तावका लागि हस्ताक्षर संकलन गरेपछि कर्णालीमा विवाद चर्किएको थियो ।

आफूविरुद्ध हस्ताक्षरको नेतृत्व गरेको भन्दै मुख्यमन्त्री शाहीले प्रमुख सचेतक गुलावजंग शाहलाई हटाएपछि विवाद बढेको थियो । सहमतिको लागि ओली–प्रचण्डले कर्णालीका दुवै पक्षसँग छलफल गरेपनि कुनै सहमति हुन सकेको छैन । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top