ट्रेण्डिङ

होमपेज / राजनीति

विभिन्न पटाका बरामद

नेपालगाथा २०७७ कार्तिक १३ गते बिहीबार १९:३०:३६ मा प्रकाशित

काठमाडौं, १३ कात्तिक
झापा, कचनकवल गाउँपालिका ४ केचनास्थित खुट्टामुनि झिल पोखरीको डिलबाट करिब १ लाख रुपैयाँ बराबरको पटाका बिहीबार बिहान प्रहरीले बरामद गरेको छ । भारतबाट नेपालतर्फ अवैध रुपमा विभिन्न प्रकारका पटकाहरु ल्याउदै गरेका व्यक्तिहरु सिमा प्रहरी चौकीकेचनाबाट खटिएको प्रहरीलाई देखी उक्त पटाका फाली फरार भएपछि प्रहरीले बरामद गरेकोहो ।

मोरङ, सुनबर्सी नगरपालिका ८ सिक्टी बजारबाट खोर्सानि बम २ पोका, मिनि बुलेट२० प्याकेट र भाले पटाका १ प्याकेट बुधबार राति प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी
सिक्टीबाट गस्तीमा खटिएको गस्ती टोलीलाई देख्नासाथ उक्त पटाका छाडी मानिस साईकललिई फरार भएपछि प्रहरीले बरामद गरेको हो ।फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेकोछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top