ट्रेण्डिङ

होमपेज / राजनीति

डा. खतिवडालाई राजदूत नबनाउन माग गर्दै ३ वटा उजुरी दर्ता

नेपालगाथा २०७७ कार्तिक ५ गते बुधबार १८:०१:५२ मा प्रकाशित

काठमाडौं । डा. युवराज खतिवडालाई राजदूत नबनाउन माग गर्दै तीनवटा उजुरी दर्ता भएको छन् । सोमबार बसेको संघीय संसदको सुनुवाई समिति बैठकले तीन वटा उजुरी परेको जानकारी दिएको हो । समितिका अनुसार उजुरीकर्ताहरु सम्पर्कमा नआएका कारण ती उजुरी सार्वजनिक गरिएको छैन । खतिवडा अमेरिकाका लागि प्रस्तावित राजदूत हुन् । त्यस्तै, बेलायतका लागि प्रस्तावित राजदूत लोकदर्शन रेग्मीविरुद्ध एउटा उजुरी परेको छ । उजुरीकर्तालाई सम्पर्कमा आउन आग्रह गर्दै सूचना निकालेर यहि कात्तिक १७ गते छलफलमा आउन आहृवान गर्ने निर्णय भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top