होमपेज / राजनीति
काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्तावपछि उत्पन्न परिस्थिति र त्यसको समाधानका विषयमा छलफल गर्न सत्तारुढ दलका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल सुरु भएको छ ।
कर्णाली प्रकरण र मन्त्रिपरिषद् पुनर्गठनपछि प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष प्रचण्डबीच बाक्लो हुन सकेको थिएन ।
दुबै अध्यक्षले कर्णाली प्रदेशका दुबै पक्षका सांसदसँग छुट्टाछुट्टै संवाद गरिसकेपछि यस विषयलाई समाधान गर्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुबै अध्यक्षबीच छलफल सुर भएको नेकपा स्रोतले जानकारी दिएको छ । दुबै पक्षले दुबै अध्यक्षसँग राखेका फरक-फरक धारणाहरुबारे जारी संवादका क्रममा छलफल हुने बताइएको छ ।