ट्रेण्डिङ

होमपेज / राजनीति

सचिवहरुको अचानक सरुवा, कसकसलाई कहाँकहाँ पठाइयो ?

नेपालगाथा २०७७ आश्विन ३० गते शुक्रबार ०७:५४:२८ मा प्रकाशित

काठमाण्डौं । मन्त्रीमण्डल हेरफेर गरेर नयाँ मन्त्रीहरुले सपथ खाएकै देन बसेको पहिलो मन्त्रीपरिषद बैठकले सचिवहरुको व्यापक सरुवा गरेको छ । नयाँ मन्त्रीहरुलाई सहजताको लागि सचिवहरुको सरुवा गरिएको बताइएको छ । लामो समय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा रहेका सचिव देवेन्द्र कार्कीलाई जल तथा उर्जा आयोगमा सरुवा गरिएको छ । उक्त आयोगमा कार्यरत सचिव रमेशप्रसाद सिंहलाई शहरी विकास मन्त्रालयमा सरुवा गरिएको छ ।

त्यसैगरी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमलाई युवा तथा खेलकुद मन्त्रालयमा सुरुवा गरिएको छ । खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियाको सार्वजनिक खरीद अनुगमन कार्यालयमा सरुवा भएका छन् ।प्रधानमन्त्री कार्यालयमा कार्यरत सचिव केदार न्यौपाने उपराष्ट्रपतिको कार्यालयमा सरुवा भएका छन् भने उपराष्ट्रपति कार्यालयका सचिव खगराज बराललाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ ।

काठमाडौं महानगरपालिका सचिव एकनारायण अर्याललाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सचिव बनाइएको छ । सिञ्चाई सचिव रविन्द्रमान श्रेष्ठलाई भौतिक पूर्वधार मन्त्रालयमा लगिएको छ । प्रधानमन्त्री कार्यालयमा कार्यरत यादव कोइरालालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top