ट्रेण्डिङ

होमपेज / राजनीति

श्वास फेर्न र बोल्न गाह्रो भएको छ, फोन नगरिदिनुहोला : सांसद पाल

नेपालगाथा २०७७ आश्विन २९ गते बिहीबार १४:५२:५० मा प्रकाशित

काठमाडौँ । संघीय सांसद निरु देवी पालले कोरोना सङ्क्रमणका कारण बोल्न र श्वास फेर्न गाह्रो भएको भन्दै फोन नगरिदिन आग्रह गरेकी छन् । बुधवार कोरोना सङ्क्रमण पुष्टि भएकी सांसद पालले आफूलाई फोनमा बोल्न समस्या भएको भन्दै फोन नगरिदिन आग्रह गरेकी हुने । बुधवार उनले आफूलाई कोरोना सङ्क्रमण भएको भन्दै सामाजिक सञ्जाल फेसबुकमार्फत सबेलाई जानकारी गराएकी थिइन् ।

आज पनि फेसबुकमा सबैलाई आफ्नो स्वास्थ्य अवस्था बारे जानकारी गराउँदै उक्त अनुरोध गरेकी हुन् । उनले सामाजिक सञ्जाल फेसबुकमा भनेकी छन्,‘श्वास फेर्न र बोल्न गाह्रो भएको छ, खोकी बेस्सरी लागेको छ, फोनमा बोल्न निकै गाह्रो भएकोले फोन उठाउन सकिरा छैन, कृपया फोन नगरीदिनुहोला’ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top