होमपेज / राजनीति
स्पेन । स्पेनमा साझा सद्भाव समूहको राष्ट्रिय समिति गठन भएकाे छ। साझा पार्टीकाे देश-विदेश सबैतिर व्यापकरुपमा संगठन विस्तार गर्ने अभियान अन्तर्गत स्पेनमा समूह गठन गरिएकाे हाे ।
युरोपको स्पेनमा दिपक मरहट्ठाको संयोजकत्वमा भर्चुवल बैठक बसी ११ सदस्यीय ‘साझा सद्भाव समूह राष्ट्रिय समिति स्पेन’ गठन भएको हाे । समितिको सह-संयोजकमा सुनिता कुवँर रहेकी छिन् भने प्रवक्तामा पुष्प धिताल रहेका छन्। त्यसैगरी सचिवमा रिसब कोईराला, सह सचिवमा राम सिलवाल तथा संचार संयोजकमा प्रकाश पौड्याल र कोषाध्यक्षमा बिमलराज अधिकारी रहेका छन्। केन्द्रीय सदस्यमा हिमलाल गौतम, केशव रिजाल, शक्ति तामाङर राजेश बुढाथोकी रहेका छन्।
आयरलैंड र पोर्चुगलमा राष्ट्रिय समिति गठनको लगत्तै स्पेनमा पनि सद्भाव समूह बनेको हो। साझा सद्भाव समूहको स्पेनसहित यूरोपका ७ देशमा राष्ट्रिय समिति बनेको र अन्य देशमा पनि गठन प्रक्रिया तीब्र गतिमा बढेको युरोप महादेशीय संयोजक एस.के. श्रेष्ठले जानकारी दिएका छन्।