ट्रेण्डिङ

होमपेज / राजनीति

डा. केसीसँगको सहमति कार्यान्वयन गर्न कांग्रेसको माग

नेपालगाथा २०७७ आश्विन २५ गते आइतबार १६:०६:५० मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसले डा.गोविन्द केसी र सरकारबीच भएको सहमतिको स्वागत गरेको छ । साथै कांग्रेसले विगतका सहमति उल्लङ्घन नगर्न र खबरदारी जारी राख्न सबैमा अपीलसमेत गरेको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आज एक विज्ञप्तिमार्फत यही असोज २४ गते मध्यरातमा गरिएको आठ बुँदे सहमति इमान्दार ढङ्गले कार्यान्वयन गर्दै अघि बढ्न सरकारलाई सजगता समेत गराएका छन् ।

उनले कांग्रेस नेतृत्वकोे अघिल्लो सरकारले डा. केसीका माग पूरा गर्दै जारी गरेको अध्यादेश विस्थापित गर्नु र डा. केसीसँगको अघिल्लो सहमति उल्लङ्घन गर्नुको कारण पछिल्लो द्वन्द्व सिर्जनासमेत भएको उल्लेख गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top