ट्रेण्डिङ

होमपेज / राजनीति

नेकपा सचिवालय बैठक शनिबार बस्ने

नेपालगाथा २०७७ आश्विन १६ गते शुक्रबार १३:३०:२८ मा प्रकाशित

काटमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बिच भएको भेटबार्ता सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा शनिबार बैठक बोलाउने सहमति भएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले जानकारी दिए । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार ४ बजे बस्ने तय भएको छ।

प्रधानमन्त्री ओलीले एकतर्फी रूपमा राजदूत सिफारिस गरेको भन्दै सचिवालयका सदस्यहरूले आपत्ति जनाएका छन्। बिहीबार सरकारले अमेरिकाको लागि डा. युवराज खतिवडा,लोकदर्शन रेग्मीलाई बेलायत र निर्मल विश्वकर्मालाई दक्षिण अफ्रिकाको राजदूत सिफारिस गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

Top