ट्रेण्डिङ

होमपेज / राजनीति

संविधान दिवस–२०७७ को अवसरमा मुख्यमन्त्री शाहीद्वारा शुभकामना

नेपालगाथा २०७७ आश्विन ३ गते शनिबार १५:५२:५० मा प्रकाशित

सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले संविधान दिवस–२०७७ को पाँच वर्ष पूरा भएको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण कर्णाली प्रदेशवासी तथा आम नेपाली दाजुभाइ, दिदी बहिनीहरुमा हार्दिक वधाई एवं शुभकामना व्यक्त गर्नुभएको छ । शनिबार एक शुभकामना सन्देश सार्वजनिक गर्दै मुख्य मन्त्री शाहीले नेपाली जनताले दशकौं लामो समयदेखि सशस्त्र तथा निशस्त्र रुपमा संचालन गरेका वलिदानीपूर्ण संघर्षहरुको ऐतिहासिक उपलब्धि स्वरुप २०७२ साल आजकै दिन संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको बताउनुभएको छ ।

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान प्राप्तिका लागि आफनो ज्यानको आहुती दिने महान शहीदहरुप्रति उच्च सम्मानसहित भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै मुख्यमन्त्री शाहीले संविधानसभाबाट संविधान प्राप्तिका लागि भएका गौरवपूर्ण ऐतिहासिक जनयुद्ध, जनआन्दोलन, प्रदेश प्राप्तिको आन्दोलन लगायत सवैखाले आन्दोलन तथा जनसंघर्षका क्रममा वेपत्ता, घाईते तथा अपाङ्गगता भएका योद्धाहरुप्रति उच्च सम्मान गर्दै जनक्रान्ति तथा जनआन्दोलनमा सहभागी आम जनसमुदायप्रति हार्दिक आभार प्रकट गर्नुभएको छ ।

यस वर्ष कोरोना भाईरस (कोभिड–१९) का कारण सार्वजनिक समारोहको आयोजना गरी भव्यतापूर्वक मनाउन सक्ने परिस्थिति हाम्रा सामु नभएको उल्लेख गर्दै शुभकामना सन्देशमा राष्ट्रिय दिवसका रुपमा समेत रहेको संविधान दिवसलाई सबै सरकारी तथा सार्वजनिक कार्यालय एवम् आ–आफनो घर घरमा दिपावली एवम् शुभकामना आदान प्रदान गरी मनाउन आग्रह गरिएको छ । 

कोभिडको जोखिम न्यूनिकरणका लागि आवश्यक सतर्कता एवं सावधानी सहित जनजीवनलाई सामान्य वनाउदै विकास निर्माणको कामलाई अगाडि बढाउने दिशामा सरकार लागिरहेको बताउँदै मुख्यमन्त्री शाहीले कोभिडले श्रृजना गरेको संकटपूर्ण अवस्था अन्त्य गर्न नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहले गरेका प्रयासलाई आ–आफ्नो तर्फबाट सहयोग गर्न, भौतिक दूरी कायम गर्न र स्वास्थ्य सावधानीका उपाय अवलम्वन गर्नुहुन सबैलाई अनुरोध गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top