ट्रेण्डिङ

होमपेज / राजनीति

नेताद्वारा आफूहरुलाई कारवाही नभएको स्पष्टीकरण

नेपालगाथा २०७७ भाद्र २१ गते आइतबार ११:५१:१९ मा प्रकाशित

चितवन । राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल चितवनका ३ जना नेताहरुले आफूहरु माथि कारवाही भएको भन्ने भनाई गलत भएको बताएका छन् । पार्टीका तत्कालिन वरिष्ठ उपाध्यक्ष एलिमा मिया, क्षेत्रीय अध्यक्ष हिरालाल थिङ र युवा संघ जिल्ला उपाध्यक्ष दिपक तमाङ (नवीन) ले आज एक विज्ञप्ती जारी गरी पार्टीद्वारा गरिएको भनिएको कारवाही गैरकानुनी, पार्टीको विधान विपरीत र पार्टी जिल्ला कमिटीको निर्णय विपरीत भएको बताएका छन् ।

केन्द्रमा तत्कालिन राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी पार्टी नेपाल एकिकरण भइसकेपनि जिल्लामा एकिकरण नभइसकेको अवस्थामा हाम्रो पार्टी राजपा नेपाल चितवनको बैठकले वरिष्ठ उपाध्यक्ष एलिमा मियालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको उनीहरुद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

पार्टीको बहुमत जिल्ला कमिटी सदस्यहरु एलिमा मियाको पक्षमा रहेको र पार्टीले हामीलाई गरिएको भनिएको कारवाही गैरकानुनी, पार्टीको विधान विपरीत र जिल्ला कमिटीको निर्णय विपरीत रहेको विज्ञप्तीमा जनाइएको छ ।
तत्कालिन राजपा नेपाल चितवनका अध्यक्ष प्रेम कुमार श्रेष्ठले गरेको भनिएको कारवाही पार्टीको विधान तथा निर्णय विपरीत भएको भन्दै तत्कालिन अध्यक्ष श्रेष्ठ हाल पार्टी जिल्ला कमिटीको निर्णय अनुसार साधारण सदस्य मात्र रहेको सो विज्ञप्तीमा उल्लेख छ । तत्कालिन अध्यक्ष श्रेष्ठले गरेको कारवाही लागु नहुने समेत विज्ञप्तीमा जनाइएको छ । साथै पार्टी जिल्ला कमिटीको निर्णय अनुसार कार्यवाहक अध्यक्षमा एलिमा मियालाई चयन गरेको पार्टी केन्द्रीय कमिटीमा जानकारी गराइएको समेत सो विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top