ट्रेण्डिङ

होमपेज / राजनीति

रातो मत्स्येन्द्रनाथको रथ यात्रालाई निरन्तरता दिन काँग्रेसको अपिल

नेपालगाथा २०७७ भाद्र १९ गते शुक्रबार ०७:२५:२२ मा प्रकाशित

काठमाडौँ । नेपाली काँग्रेसले रातो मत्स्येन्द्रनाथको रथ यात्रालाई निरन्तरता दिन अपिल गरेको छ । कोरोना सङ्क्रमणको जोखिमलाई ध्यानमा राखी भौतिक दुरी कायमका साथै उच्च सतर्कता अपनाइ रथ यात्रा गर्नु पर्ने काँग्रेसको धारणा छ । काँग्रेस संसदीय दलका नेता बालकृष्ण खाँणले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘रातो मच्छिन्द्रनाथको रथ जात्रालाई निरन्तरता दिन सम्बन्धित सबै पक्षलाई वार्ता एवं संवादको माध्यमबाट सहमतिकै आधारमा निकास खोज्न नेपाली काँग्रेस संसदीय दल हार्दिक अपिल गर्दछ ।’

ललितपुरको पुलचोकमा रातो मत्स्येन्द्रनाथको रथ तान्ने विषयमा बिहीबार स्थानीय र प्रहरीबिच भएको झडपको घटनाप्रति काँग्रेस संसदीय दलले दुःख व्यक्त गरेको छ । परम्परागत जात्रा सञ्चालनका लागि प्रशासन, जात्रा आयोजक, स्थानीय निकाय र सम्बन्धित पक्षबिच समन्वय नहुँदा दुःखद परिस्थिति सिर्जना भएको पनि काँग्रेसको ठहर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top