होमपेज / राजनीति
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले कार्यसम्पादन करार सम्झौता अनुसारको प्रगति नदेखिएमा विभागीय मन्त्री र सचिवको जिम्मेवारी पुनर्विचार गरिने बताउनुभएको छ ।
भौतिक पुर्वाधार विकास मन्त्रीको समेत जिम्मेवारी हेरीरहनुभएका मुख्यमन्त्री शाहीले वुधवार मन्त्रालयका सचिवसंग कार्यसम्पादन करार सम्झौता गरिसकेपछि कर्मचारीहरुलाई निर्देशन गर्दै चालु आर्थिक वर्षमा प्रदेश सरकारको वजेट कार्यान्वयन प्रभावकारी हुनुपर्ने वताउनुभयो । आफुले कार्यसम्पादनका आधारमा मूल्याँकन हुने प्रणाली स्थापना गर्न लागेको वताउदै मुख्यमन्त्री शाहीले कार्यप्रगति देखाउन नसक्ने मन्त्री र सचिवलाई जिम्मेवारीमा वसीरहने नैतिक अधिकार नभएको बताउनुभयो ।
कार्यसम्पादन करार सम्झौतामा कार्यजिम्मेवारी, समयसिमा र प्रगतिका सुचकहरु स्पष्टसंग तोकिएको वताउदै समयसिमा भित्र प्रगति नदेखिएमा जिम्मेवारीवाट हटाईने उहाँको भनाई छ । विकास र समृद्धिको जनचाहना पुरा गर्न नसके संघीय व्यवस्थाको औचित्यमा प्रश्न उठने वताउदै मुख्यमन्त्री शाहीले प्रभावकारी रुपमा काम गर्न कर्मचारीहरुलाई निर्देशन गर्नुभयो ।
उहाँले मन्त्रालय मातहतका कार्यालय प्रमुखहरुसंग छिटोभन्दा छिटो कार्यसम्पादन करार सम्झौता गरी वजेट कार्यान्वयन प्रक्रिया अगाढि बढाउन निर्देशन दिनुभयो । कार्यसम्पादन करार सम्झौतामा हस्ताक्षर पश्चात भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव धर्मेन्द्रकुमार झाले चालु आर्थिक वर्षको प्रगतिमा उल्लेख्य सुधार गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
संरचना निर्माणमा ढिलाई, अख्तियारीमा ढिलाई, कर्मचारी अभाव जस्ता गत वर्षमा देखिएका समस्याहरु धेरै हदसम्म सामाधान भएको वताउदै सचिव झाले चालु आर्थिक वर्षको प्रगति राम्रो हुने वताउनुभयो । सचिव झाले वजेट कार्यान्वयनको प्रक्रिया अगाडि बढिसकेको बताउदै योजनाहरुको सर्भे, डिजाईन, लागत अनुमान तयारी लगायतका सवै काम सकेर दशैं अघि नै अधिकाँश योजनाको ठेक्का गर्नेे प्रतिवद्धता व्यक्त गर्नुभयो ।