होमपेज / राजनीति
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा स्थायी समिति सदस्य जनार्दन शर्मा ‘प्रभावकर’ले पार्टी एकता भत्काउन दुष्प्रचार भएको बताएका छन् । सोमबार बिहान सामाजिक सञ्जाल ट्वीटरमार्फत नेता शर्माले पार्टी एकताका विषयलाई लिएर कतिपयले नरुचाएको भन्दै त्यस्ताहरुलाई ‘पार्टी एकताबाट मर्माहत प्रवृत्ति’ को संज्ञा दिएका छन् ।
पूर्वगृहमन्त्री समेत रहेका शर्माले पार्टी एकता बच्ला कि भन्ने आतंकबाट उद्धेलित भएर दुष्प्रचार भइरहेकाले त्यस्तो भ्रममा नपरी पार्टी एकताको पक्षमा दृढतापूर्वक उभिन अपिल गरेका छन् ।
‘पार्टी एकताबाट मर्माहत प्रवृत्ति । पार्टी एकता बच्लाकी भन्ने आतंकबाट उद्धेलित भएर दुष्प्रचार गरिरहेको कुराप्रति भ्रम नपरी पार्टी एकताको पक्षमा दृढतापूर्वक उभिन अपील गर्दछु । कुनै पद प्राप्तिको लोभ बिना पार्टी आन्दोलनको रक्षा गर्न दृढतापूर्वक लागेको कुरा प्रष्ट पार्दछु’, शर्माले ट्वीटरमार्फत स्पष्ट पारेका छन् ।