ट्रेण्डिङ

होमपेज / राजनीति

प्रधानमन्त्री ओली र प्रचण्ड बिच भोली फेरी छलफल हुने 

नेपालगाथा २०७७ असार ३१ गते बुधबार १६:१३:०४ मा प्रकाशित

काठमाडौँ । नेकपाका दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्ड बिच बुधबार (आज) पार्टी भित्र देखिएका विवादको विषयमा छलफल भएको छ ।  बालुवाटारमा करिब तीन घण्टा छलफल भएपनि कुनै ठोस सहमति जुट्न नसकेको दाहालका प्रेस संयोजक विष्णु सापकोटा जुगलले जानकारी दिए ।  सापकोटाले भोली (बिहीबार) पुन दुई अध्यक्षबीच छलफल हुने बताएका छन् । 

दुवै अध्यक्षबीच मंगलबार पनि छलफल भएको थियो । तर, मंगलबार सामान्य छलफल गरेका ओली र दाहालबीच बुधबार भने विषयवस्तु केन्द्रीत छलफल भएको सापकोटाले जानकारी दिए ।

दुई अध्यक्षबीच सहमति गर्न भन्दै साउन २ सम्मका लागि बैठक स्थगित भएको छ । गत साता पनि ओली र दाहालले लगातार तीन दिन छलफल गरेका थिए । असार १० बाट सुरु भएको स्थायी कमिटी बैठकमा दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताले प्रधानमन्त्री तथा अध्यक्ष दुवै पदबाट ओलीको राजीनामा मागेपछि नेकपामा विवाद छ ।

ओलीले अहिलेसम्म दुवै पद नछाड्ने अडान लिएका छन् ।

दुई अध्यक्षबीचको छलफलमा केही बेर महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मा पनि सहभागी थिए । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top