होमपेज / राजनीति
सुर्खेत । कर्णाली प्रदेशका एक जना सांसदलाई कोरोना भाइरसको संक्रमण देखिएको छ । प्रदेश सभामा प्रतिनिधित्व गर्ने एक जना सांसदलाई कोरोना देखिएको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ ।
सोमबार गरिएको पिसिआर परीक्षण गर्दा उनमा कोरोना देखिएको हो । कोरोना पोजेटिभ सांसदलाई आइसोलेसनमा राखिएको सचिवालयले जानकारी दिएको छ । उनको अवस्था सामान्य रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । एक जनालाई कोरोना पुष्टि भएपछि सम्पर्कमा रहेका सांसद तथा अरु व्यक्तिहरूको चेकजाँच हुने सचिवालयको भनाई छ ।