ट्रेण्डिङ

होमपेज / राजनीति

सभामुख अग्निप्रसाद सापकोटाको आँखाकाे शल्यक्रिया 

नेपालगाथा २०७७ असार २४ गते बुधबार १२:४४:३३ मा प्रकाशित

काठमाडौं । काठमाडौं स्थित तिलगंगा आँखा अस्पतालमा सभामुख अग्निप्रसाद सापकोटाको मोतियाविन्दुको शल्यक्रिया गरिएको छ । सापकोटाको दायाँ आँखाको शल्यक्रिया गरिएको हो । 

वरिष्ठ चिकित्सक डा. सन्दुक रुइतसहितको टोलीले आज बिहान १०ः३० बजे शल्यक्रिया गरेको हो । केही समय यता सापकोटाको आँखामा समस्या देखिएको थियो ।

चिकित्सकहरुको सल्लाहमा आज शल्यक्रिया गरिएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए । उपचारका क्रममा लागेको सम्पूर्ण खर्च राज्य कोषमा व्ययभार नपर्नेगरी सभामुख सापकोटा स्वयंले व्यहोरेका छन् । शल्यक्रिया पछि सभामुख सापकोटा अहिले आराम गरिरहेका छन् । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top