ट्रेण्डिङ

होमपेज / राजनीति

सांसद सरिता गिरीलाई कारबाही गर्न सिफारिस

नेपालगाथा २०७७ असार २३ गते मंगलबार १५:५८:१५ मा प्रकाशित

काठमाडौं । सांसद सरिता गिरीलाई कारबाहीको लागि सिफारिस गरिएको छ । समाजवादी पार्टीको कार्यदलले पार्टीको ह्वीप उल्लंघन गरेको आरोपमा कार्यदलले कारबाही गर्न सिफारिस गरेको हो ।

लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नयाँ नक्सा अनुसार निशान छाप परिर्वतन गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकमा गिरीले पार्टीको ह्वीप विपरित संशोधन प्रस्ताव दर्ता गराएकी थिइन् । पार्टीले उक्त प्रस्ताव फिर्ता लिन आग्रह गरे पनि सांसद गिरीले संशोधन प्रस्ताव फिर्ता लिइनन् ।

नेपालको नयाँ नक्सा जारी हुने दिन उनले संसद बहिस्कार गरेकी थिइन् । उनी नेपालको नक्सा सम्बन्धी संविधान संशोधन प्रस्तावको विरोधमा थिइन् ।
उक्त विषयमा छानबिन गर्न समाजवादी पार्टीले पार्टी महासचिव रामसहायप्रसाद यादवको संयोजकत्वमा कार्यदल बनाएको थियो । कार्यदलमा मोहम्मद इस्तियाक राई र सुशीला श्रेष्ठ सदस्य थिए ।

यादव नेतृत्वको कार्यदलले गिरीलाई कारबाहीको सिफारिसका लागि पार्टी केन्द्रीय कार्यालयलाई सिफारिस गरेको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top