ट्रेण्डिङ

होमपेज / राजनीति

कांग्रेसको १४औँ महाधिवेशन फागुनमा

नेपालगाथा २०७७ असार २३ गते मंगलबार ०८:०३:४४ मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसले १४ औं महाधिवेशन फागुनमा गर्ने निर्णय गरेको छ । काँग्रेसले फागुनको ७ गते देखि १० गते सम्म काठमाडौँमा महाधिवेशन गर्न लागेको हो । 

कोरोनाभाइरस महामारीले क्रियाशील सदस्यता वितरण, नविकरण लगायतका काम तीन महिनादेखि रोकिए पनि तोकिएकै समयमा महाधिवेशन गर्ने निर्णय केन्द्रीय कार्यसमितिले गरेको हो ।

सोमबार साँझ सकिएको केन्द्रीय समिति बैठकले महाधिवेशन फागुनमै गर्ने निर्णय गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । प्रदेश लगायत तल्ला निकायका अधिवेशन कार्यतालिकामा भने हेरफेर गरिएको उनको भनाई छ । 

कात्तिकदेखि सुरू गर्ने तय भएको वडा अधिवेशन दुई महिना पछाडि धकलेर पुसमा पु¥याइएको छ । पुस ६ गतेदेखि वडा अधिवेशन सुरू हुनेछन् ।

कांग्रेसले कोरोना महामारीकै बीच अब बाँकी रहेका करिब ३० जिल्लामा समायोजनका काम, क्रियाशील सदस्यता वितरण तथा नविकरणका काम सुरू गर्न लागेको हो ।

सभापति शेरबहादुर देउवाको नियमित चार वर्षे कार्यकाल गत फागुनमै सकिएको थियो । विधानकै व्यवस्थाअनुसार सभापति देउवाले एक वर्ष कार्यकाल थपेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top