ट्रेण्डिङ

होमपेज / राजनीति

ओली र प्रचण्ड बिच सहमति जुटेन, भोली फेरी वार्ता हुने 

नेपालगाथा २०७७ असार २१ गते आइतबार १४:५९:३९ मा प्रकाशित

काठमाडौं । आइतबार बालुवाटारमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भएको वार्ता सहमति नजुटी सकिएको छ । 

पार्टीभित्र विवाद चुलिँदै गएर फुटको संघारमा पुगेपछि दुई नेताहरु साक्षी सहित वार्ता सुरु गरिएको थियो । करिब डेढ घण्टासम्म चलेको वार्तामा सहमति नजुटेपछि भोलि बस्ने गरी सकिएको बताइएको छ । 

वार्तामा प्रधानमन्त्री ओलीका तर्फबाट महासचिव बिष्णु पौडेल र शंकर पोखरेल थिए । दाहालको तर्फबाट जनार्दन शर्मा र वर्षमान पुन सहभागी थिए । भोलि बस्ने स्थायी कमिटी बैठक अघि यी नेताहरूबीच फेरि वार्ता बस्ने सहमति भएको छ ।

ओली–दाहालबीच वार्ता अघि अध्यक्ष दाहाल वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालसहित राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर फर्किएका थिए ।

प्रधानमन्त्रीले शनिबार मन्त्रीहरुलाई बोलाएर आफू र राष्ट्रपतिविरुद्ध षड्यन्त्र भइरहेको बताएका थिए । उनले त्यसक्रममा पार्टी गम्भीर मोडमा पुगेको भन्दै मन्त्रीहरुलाई कित्ता क्लियर गर्न पनि आग्रह गरेका थिए । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top