ट्रेण्डिङ

होमपेज / राजनीति

बालुवाटारमा ओली–प्रचण्डको वार्ता सुरु  

नेपालगाथा २०७७ असार २१ गते आइतबार १२:५९:०५ मा प्रकाशित

काठमाडौं । पार्टीमा देखिएको विवादलाई लिएर सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच निणायक वार्ता शुरु भएको छ । वार्तामा दुई–दुईजना सहयोगी नेताहरु समेत छन् ।

ओलीको तर्फबाट विष्णु पौडेल र शंकर पोखरेल छलफलमा सहभागी भएका छन् भने प्रचण्डको तर्फबाट वर्षमान पुन र जनार्दन शर्मा सहभागी रहेको बालुवाटार स्रोतले जानकारी दियो । 

यस अघि शुक्रवार दुई अध्यक्षबीचको वार्तामा विष्णु पौडेल र जनार्दन शर्मा सहभागी थिए । तीन घण्टासम्म चलेको सो छलफलले निष्कर्ष निकालेको थिएन । आइतबार वार्तामा जानु अघी राष्ट्रपति विद्यादेवी भण्डारीलाई शीतल निवासमा भेटेर प्रचण्ड बालुवाटारमा पुगेको छन् । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top