ट्रेण्डिङ

होमपेज / राजनीति

प्रचण्ड, माधव नेपाल र झलनाथ शितल निवासमा

नेपालगाथा २०७७ असार २१ गते आइतबार ११:३९:२८ मा प्रकाशित

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ नेताहरू झलनाथ खनाल र माधवकुमार नेपाल राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवासमा पुगेका छन् ।

नेकपाभित्रको विवाद चर्किँदै गएपछि तीन नेता आइतबार बिहान ११ बजेतिर शितल निवास पुगेका हुन् ।  यस अघि शनिबार साँझ प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीसँग सवा घन्टा छलफल गरेका थिए ।

राष्ट्रपतिसँग छलफल गरेर फर्किएपछि बालुवाटारमा उनले मन्त्री र राज्यमन्त्रीहरूसँग राष्ट्रपतिमाथि महाअभियोग लगाउने षडयन्त्र भइरहेको बताएका थिए । प्रधानमन्त्रीको उक्त अभिव्यक्तिपछि सोही विषयमा स्पष्ट पार्न प्रचण्डसहितका नेताहरू आज शितल निवास गएको बुझिएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top