ट्रेण्डिङ

होमपेज / राजनीति

प्रधानमन्त्री ओली र प्रचण्डबीचको  छलफल सकियो, भाेली फेरी हुने

नेपालगाथा २०७७ असार १९ गते शुक्रबार १६:०८:४८ मा प्रकाशित

काठमाडौं । नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच बालुवाटारमा भएको छलफल सकिएको छ । तीनघण्टा लामो छलफलमा महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मासमेत सहभागिता रहेको थियो । 

दिउँसो साढे ११ बजे देखि साढे २ बजेसम्म भएको छलफलले कुनै ठोस निष्कर्ष ननिकाले पनि भोलि फेरि अर्को छलफल गर्ने सहमति भएको बताइएको छ । 
छलफलमा सहभागी एक नेताले दुई अध्यक्षबीच छलफल सौहाद्रपूर्ण भएको र प्रधानमन्त्रीले भोलि स्थायी कमिटीको बैठक अघि एकचोटि फेरि छलफलको लागि आग्रह गरेको बताए । 

नेकपा स्थायी कमिटीको बैठक शनिबार बिहान ११ बजे बस्दैछ । त्यस अघि दुई अध्यक्षबीच पुनः छलफल हुने नेताहरुले बताएका छन् ।

पछिल्लो केही दिनयता नेकपाभित्रको विवाद चरम उत्कर्षमा पुगेको छ । पार्टी नै फुट्ने हो कि भन्ने ढंगबाट विवाद चर्किएपछि बिहीबार स्थायी कमिटीको बैठक स्थगन गरेर दुई अध्यक्षबीच वार्ता गर्ने निर्णय भएको थियो ।
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top