ट्रेण्डिङ

होमपेज / राजनीति

राष्ट्रपतिलाई भेट्न शीतल निवासमा प्रचण्ड 

नेपालगाथा २०७७ असार १८ गते बिहीबार १५:१६:१५ मा प्रकाशित

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटारबाट शीतल निवास पुगेका छन् ।  बालुवाटारमा जारी स्थायी कमिटी बैठक स्थगित गरेर अध्यक्ष दाहाल राष्ट्रपति भण्डारीलाई भेट्न गएको उनका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले बिहीबार दिउँसो संघीय संसद्को दुवै सदनको अधिवेशन अन्त्य गरेसँगै नेकपाको स्थायी कमिटीको बैठक पनि प्रभावित भएको हो । मन्त्रिपरिषद् बैठक बस्नु प्रधानमन्त्री केपी शर्मा ओली पनि राष्ट्रपति भण्डारीलाई भेट्न शीतल निवास गएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top