ट्रेण्डिङ

होमपेज / राजनीति

सरकार ढाल्न पाइँदैन भन्दै काठमाडौँमा प्रदर्शन 

नेपालगाथा २०७७ असार १८ गते बिहीबार १४:४९:२७ मा प्रकाशित

काठमाडौं । सरकार ढाल्न पाइँदैन भन्दै काठमाडौँमा प्रदर्शन गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा युवाहरुको एक समूहले काठमाडौँको माइतीघर मण्डलमा प्रदर्शन गरेको हुन । 

देश र जनतासँग मत माग्दा स्थायी सरकार बनाउने वाचा विपरीत सरकार ढाल्ने खेल भएको भन्दै उनीहरुले बिहीबार मध्यान्ह प्रदर्शन गरेका हुन् । 
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटीमा ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने माग उठाइ अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले गरिरहेका छन् । 

उनीहरुले ओलीको अहमता धेरै भएको भन्दै अब दुवै पदबाट हटाउने जिकिर गर्दै आएका छन् । नेकपामा भाँडभैलो भइरहेका बेला ओलीको पक्षमा युवाहरुले प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागीहरुले ‘वैदेशिक हस्तक्षेप चाहिँदैन, सरकार ढाल्न पाइँदैन’, ‘आज होइन भोलिलाई, हाम्रो समर्थन ओलीलाई’ सहितका नारा लगाएका थिए । प्रदर्शनमा विदेशी हस्तक्षेपका कारण सरकार ढाल्न खोजिएको भन्दै प्रदर्शनकारीहरूले नारा लगाएका छन् । 

उनीहरुले प्रधानमन्त्री ओलीको फोटोसहित ‘देशको मुहार फेर्नुछ साथी पार्टी भन्दा राष्ट्र माथि’ लेखिएको ब्यानर लिएर नाराबाजी गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top