ट्रेण्डिङ

होमपेज / राजनीति

राष्ट्रपतिद्वारा संघीय संसदको बजेट अधिवेशन अन्त्य

नेपालगाथा २०७७ असार १८ गते बिहीबार १४:३९:५७ मा प्रकाशित

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको बजेट अधिवेशन अन्त्य गर्नुभएको छ । मन्त्रिपरिषद्को सिफारिस अनुसार राष्ट्रपति भण्डारीले बिहीबार अपराह्न ५ बजे बजेदेखि अधिवेशन अन्त्य गरेको सूचना संघीय संसदलाई जानकारी दिनुभएको छ । 

यस अघि आज (बिहीबार) नै बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसदको अधिवेशन अन्त्य गर्न सिफारिस गरेको थियो ।  मन्त्रीपरिषद्को बैठकमा कानुनमन्त्री डा.शिवमाया तुम्बाहाङ्फेले नागरिकता, निजामती सेवासम्बन्धी विधेयकमा विवाद रहेको र अरू खासै केही नभएको बताएपछि प्रधानमन्त्रीले त्यसो भए आजै साँझ ५ बजेटबाट संसद अधिवेशन अन्त्य गर्ने निर्णय गर्नुभएको थियो ।

मन्त्रिपरिषद् बैठक अगाडि प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीसँग भेटवार्तासमेत गनुभएको थियो । 

वैशाख २६ गतेबाट सुरु भएको संसदको यो अधिवेशनले नागरिकता र निजामतीसम्बन्धी विधेयकका साथै एमसीसी सम्झौताबारे समेत निर्णय गर्नुपर्ने थियो ।

कोरोना महामारीकै बीच सुरु भएको बजेट अधिवेशनले सरकारको नीति तथा कार्यक्रम, बजेट पारित गरेको छ । त्यसबाहेक केही विधेयकहरु पनि पारित गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top