ट्रेण्डिङ

होमपेज / राजनीति

संसद विकास कोषको रकम पीसीआर मेसिन किन्न दिने घोषणा 

नेपालगाथा २०७७ असार १८ गते बिहीबार १२:०९:४२ मा प्रकाशित

बर्दिया । पूर्वमन्त्री तथा बर्दिया क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य सञ्जय कुमार गौतमले सांसद विकास कोषको रकम कोरोना परिक्षणका लागि पीसीआर मेसिन लगायत उपकरण खरिदका लागि दिने घोषणा गरेका छन् । 

बर्दियाको जिल्लाको लागि कोरोना परिक्षण गर्न आफ्नै छुट्टै मेसिन आवश्यक रहेको भन्दै सांसद गौतमले करिब १ करोड ३२ लाख रुपैयाँ रकम उपकरण खरिद गर्न दिने घोाषणा गरेका हुन ।

विश्वभरी फैलिएको कोरोना महामारीको कारण नेपालमा पनि त्यसको प्रभाव परेको र स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम प्रभावित भएपछि १ करोड ३१ लाख ९० हजार ८८ रुपैयाँको विभिन्न योजनाहरुको ठेक्का सम्झौता हुन नसकेपछि उनले त्यो रकम मेसिन किन्न रकमान्तर गर्न जिल्ला समन्वय समिति बर्दियालाई अनुरोध गरेका छन् । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top