होमपेज / राजनीति
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद गगन थापाले बालुवाटारमा तमासा बढी भएको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा आफ्ना धारणा राख्दै उनले यस्तो बताएका हुन् ।
‘बालुवाटारमा तमासा छ ! सरकार चलाउनेहरु जोगिन र आफ्ना जोगाउन व्यस्त छन् । तर न त सलह किराले आफ्नो काम रोकेको छ न त कोरोनाभाइरसले ! बरु यिनको त गति र प्रभाव बढ्दो छ । त्यसैले नेकपा सचिवालयलाई विनम्र अनुरोध छः अति भयो यो तमासा अब हामीलाई कुरा सुन्ने र काम गर्ने सरकार दिनुहोस्’