ट्रेण्डिङ

होमपेज / राजनीति

बाँस्कोटाको घरमा बम विष्फोट गराउने योजनाकार पक्राउ

नेपालगाथा २०७७ असार १७ गते बुधबार १२:०८:५३ मा प्रकाशित

काठमाडौँ । पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको घरमा बम बिष्फोट गराउने घटनामा संग्लन मुख्य योजनकारलाई प्रहरी पक्राउ गरेको छ ।

प्रहरीले मुख्य योजनाकार ने.क.पा. (विप्लव समुह) भक्तपुर जिल्लाका सेक्रेटरी ऐनबहादुर शाही भन्ने विजय शाहीलाई पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा महानगरीय प्रहरी परिसर भक्तपुरले उनलाई प्रक्राउ गरेको हो । शाहीलाई भक्तपुरबाट खटिएको प्रहरी टोलीले असार १५ गते पक्राउ गरेको प्रहरी परिसरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक दीपक गिरीले जानकारी दिएका छन् ।

गत फागुन २८ गते बिहानको समयमा मध्यपुरठिमी नगरपालिका वडा नम्बर १ लोकन्थली, मनहरा नजिकै रहेको पूर्वमन्त्री बाँस्कोटाको घरमा बम विष्फोट भएको थियो ।

निर्माण सम्पन्न हुन लागेको बाँस्कोटाको साढे तीन तले घरको दक्षिण पुर्वी वाल अन्य आरोपीहरु अभिषेक भन्ने टेक बहादुर बि.क, अमृत बहादुर कुमाल, लक्ष्मण सेठी, देबीबहादुर गुरुङ समेतका ४ जनालाई घटना घटेको केही दिनमा नै पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

देबीबहादुर गुरुङलाई भक्तपुर जिल्ला अदालतले साधारण तारेखमा छोड्न आदेश दिएको र बाँकी ३ जनालाई पुर्पक्षको लागी डिल्लीबजार कारागार चलान गरिएको थियो । 

पक्राउ परेका शाहीलाई भक्तपुर अदालतवाट म्याद थप गरी थप अनुसन्धान कार्य भईरहेको सूचना अधिकारी प्रनाउ गिरीले जानकारी दिएका छन् । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top