ट्रेण्डिङ

होमपेज / राजनीति

कांग्रेस सांसद छन्त्यालको निधन

नेपालगाथा २०७७ असार १७ गते बुधबार ११:४७:५६ मा प्रकाशित

काठमाडौं । प्रतिनिधिसभा सदस्य एवम् नेपाली कांग्रेसकी सांसद ज्ञानकुमारी छन्त्यालको निधन भएको छ । बुधबार बिहान काठमाडौँको गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा निधन भएको नेपाली कांग्रेस बागलुङ क्षेत्र नम्बर २ का सभापति द्रोण कुँवरले जानकारी दिए । ६६ वर्षीया छन्त्याल मुट सम्बन्धी समस्याबाट पीडित थिइन् ।

उनको बुधबार दिउँसो १ बजे पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिने सभापति कुँवरले जानकारी दिए ।

बाग्लुङको तमानखोला गाउँपालिका वडा नं. ५ खुंखानीमा जन्मिएकी छन्त्याल हाल प्रतिनिधिसभामा समानुपातिक सांसद थिइन् । उनी २०७० सालको संविधानसभामा पनि सभासद भइकी थिइन । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top