ट्रेण्डिङ

होमपेज / राजनीति

नेकपा स्थायी कमिटी बैठक बस्दै 

नेपालगाथा २०७७ असार १६ गते मंगलबार ०८:५१:०० मा प्रकाशित

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक बिहान ११ बजे बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा विभिन्न समसामयिक विषयहरु छलफलका एजेण्डा रहेको नेकपाले जानकारी दिएको छ । 

कोरोना भाइरस नियन्त्रण रोकथाम र उपचार, नेपालको सीमा समस्या र समाधान, पार्टी एकताका बाँकी कामहरु, अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी, नागरिकता विधेयक लगायतका एजेण्डामा स्थायी कमिटी बैठकमा छलफल हुँदैछ ।

बैठकमा सीमा क्षेत्रमा देखिएको समस्या र समाधान बारेको छलफलमा केन्द्रित हुने स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए । केही समय अघि नेपालले भारतसँग जोडिएका कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा जारी गरेको छ ।  

नेपालले नयाँ नक्सा जारी गरेपछि भारत असन्तुष्ट बनेको छ । यो विषयमा नेकपा स्थायी कमिटीको दोस्रो दिनको बैठकमा छलफल हुँदा कतिपय सदस्यले भारतलाई वार्ताका लागि आग्रह गर्नुपर्ने धारणा राखेका थिए भने कतिपय सदस्यले भारतसँगका विवादित सीमा क्षेत्रमा तारबार गर्नुपर्ने धारणा राखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top