ट्रेण्डिङ

होमपेज / राजनीति

आफुलाई हटाउने खेल सुरु भयो – प्रधानमन्त्री

नेपालगाथा २०७७ असार १४ गते आइतबार १५:१२:३९ मा प्रकाशित

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई हटाउने खेल सुरु भएको बताएका छन् । मदन भण्डारीको ६९औं जन्मजयन्तीको अवसरमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले आफूलाई हटाउन होटलमा गतिविधि भएका र दूतावास सक्रिय भएको दाबी गरेका छन् । तर उनले पनि असम्भव रहेको समेत बताएका छन् । 

भारतद्वारा अतिक्रमित नेपाली भूमि समेटेर नक्सा छापे पछि आफूविरुद्ध षड्यन्त्र भएको भन्दै प्रधानमन्त्री ओलीले आजका लागि नभई भोलिका लागि पनि आफू प्रधानमन्त्रीको जिम्मेवारीमा रहनुपर्ने बताए ।

‘अहिले केपी ओलीलाई हटाउनुपर्छ भनेर खुला दौडधूप भएका छन् । भित्रभित्र यस्तो अपराध गर्ने मान्छेलाई राख्नुहुन्न भन्न थालिएको छ ।’ उनले भने, ‘नक्सा छापेकोलाई अपराध भनेका छन् । मलाई हटाउन होटलहरुमा गतिविधि भएका छन् । राजदूतावासमा सक्रियता बढेको छ,’ 

ओलीले नक्सा छापेबापत कसैले प्रधानमन्त्रीलाई हटाउँछु भनेर सोचेको भए पनि नेपालको राष्ट्रियता कमजोर नभएको बताए । उनले भने, ‘नक्सा छापेबापत प्रधानमन्त्रीलाई कसैले हटाउँछु भनेको छ भने नेपालको राष्ट्रियता त्यति कमजोर छैन, तुरुन्तै मलाई हटाउन सकियोस् ।

कसैले नसोचे हुन्छ । कसैले हतारो नगरे पनि पनि हुन्छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

Top