होमपेज / राजनीति
काठमाडौं । सीमा विवादको विषयमा वार्ताको लागि भारतले बेवास्ता गरेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताएका छन् । लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रको नेपाली भूमि अतिक्रमणबारे वार्ताका लागि गरिएको पटक पटकको आग्रहलाई भारतले बेवास्ता गरेको मन्त्री ज्ञवालीको भनाई छ ।
बुधबारदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी नेकपा स्थायी कमिटीको बैठकमा शुक्रबार बोल्दै ज्ञवालीले भारतले बेवास्ता गरेको बताएका हुन ।
भारत वार्ताका लागि अनिच्छुक भएको उनको गुनासो छ । ‘सीमा समस्या समाधानका लागि भारत अनिच्छुक देखियो’, उनले बैठकमा आफ्ना कुरा राख्दै भने, ‘नेपालले वार्ताका लागि तीन पटक पत्र पठाउँदा पनि भारतले बेवास्ता गरेको छ ।’
नेकपा स्थायी कमिटी सदस्य ज्ञवालीले नेपालले वार्ताका लागि भारतलाई नोभेम्बर, डिसेम्बर र जनवरीमा तीन पटकसम्म पत्र पठाएको बताएका छन् ।