होमपेज / राजनीति
सुर्खेत । पछिल्लो २४ घण्टामा कर्णालीमा थप २६ जनामा कोरोना देखिएको छ । सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेश अन्तर्गत पर्ने स्वास्थ्य सेवा महाशाखा प्रमुख डाक्टर लक्ष्मीनारायण तिवारीका अनुसार थप २६ जनामा कोरोना संक्रमण देखिएको हो ।
जसमा सुर्खेतमा १३, दैलेखमा ५, सल्यानमा ३, जाजरकोटमा २, मुगुमा १, काठमाडौँका १ र जुम्लाका १ जनामा कोरोना संक्रमण देखिएको हो ।
कर्णाली प्रदेश अस्पताल पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको २३ र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट गरिएको परिक्षणमा ३ जनामा कोरोना देखिएको डाक्टर तिवारीले जानकारी दिए । यो संगै कर्णाली प्रदेशका कोरोना संक्रमितको संख्या १४ सय ३३ पुगेको छ ।
प्रेस विज्ञप्ति
