होमपेज / राजनीति
नेपालगञ्ज । बाँकेको नेपालगञ्ज उपमहागरपालिकाले प्रदेश ५ को राजधानी बाँकेमा नभए कर्णाली प्रदेशमा समाहित हुने बताएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख धवलशम्शेर राणाले बाँके र बर्दियालाई कर्णाली नै पायक पर्ने बताएका छन् ।
‘हाल बाँके र बर्दियालाई ५ नम्बर प्रदेशमा अपायक परेको छ, तैपनि अहिलेको राजनीतिक बाँडफाँटमा हामी ५ नम्बरमा प¥यौं’ प्रमुख राणाले भने ‘नेपालगञ्ज ऐतिहासिक सहर हो, कि त हामीलाई राजधानी बनाइदिनुप¥यो नभए कर्णालीतिर पठाइदिनुप¥यो ।’
बुधबार सार्वजनिक आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको संस्कृति, तथा पर्यटनसम्बन्धी नीतिको एक बुँदामा समेत ‘नेपालगञ्जलाई ५ नम्बर प्रदेशको राजधानी बनाउन प्रयास गरिने छ अन्यथा कर्णाली प्रदेशमा समाहित हुन आवश्यक पहल गरिने भनिएको छ ।
मेयर राणाले कर्णाली प्रदेशमा समाहित हुँदा भने नेपालगञ्जलाई राजधानी नचाहिने समेत बताएका छन् । ‘कर्णालीले पनि स्वीकार गरिसकेको छ, हामी पनि सुर्खेतलाई राजधानी स्वीकार गर्न सक्छौं’ उनले भने । नेपालगञ्ज धेरै पहिलेदेखि कर्णालीसँग जोडिएको भन्दै राणाले बाँके र बर्दियालाई कर्णाली प्रदेशमा रहँदा सहज हुने बताए ।